११ कार्तिक २०८३, बुधबार

मन्त्री नबनाएपछि एमाओवादीका थारु नेता पार्टी छाड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoist-Meetingकाठमाडौं, २ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नगराइएको भन्दै एमाओवादीका थारु नेताहरुले पार्टी छाड्ने तयारी गरेका छन् ।

एमाओवादी ८ सांसद र अन्य केही थारु नेताले राजीनामा दिएर पार्टी छाड्ने तयारी गरिरहेको एक नेताले बताएका छन् । हिजो मात्रै एमाओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छानेका सात मन्त्रीलाई सरकारमा पठाएको थियो । ओली सरकारमा आठ मन्त्रालयको भाग पाएको एमाओवादीले यसअघि कोषाध्यक्ष हरिबोल गजुरेललाई कृषि मन्त्री बनाएर सरकारमा पठाइसकेको छ ।

८/८ मन्त्रालय पाउँदा समेत थारु समुदायबाट एक जनालाई पनि मन्त्री नबनाएको भन्दै थारु सांसद र नेताहरुले सामुहिक राजीनामाको तयारी थालेको ती नेताले बताए । उनका अनुसार मंगलबार थारु नेता तथा सांसदहरुले सामुहिक राजीनामा दिने कार्यक्रम छ ।
यता नेताहरुले राजीनामा दिन लागेको थाहा पाएपछि प्रचण्डले थारु नेताहरुलाई राज्यमन्त्री बनाउने तयारी गरेका छन् ।