काठमाडौं, २ कात्तिक । नेपाल प्रहरीले सर्वसाधारणले सहज रुपमा प्रहरी चारित्रिक प्रमाण पत्र (पुलिस रिपोर्ट) पाउने भन्ने उदेश्यले थप दुई स्थानबाट आबेदन संकलनको व्यवस्था मिलाएको छ ।
प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार महानगरीय प्रहरी परिसर भक्तपुर र ललितपुरबाट पनि प्रहरी रिपोर्टका लागि आबेदनको व्यवस्था गरिएको हो ।
यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट आबेदन संकलन गर्दै आएको थियो ।
दुई स्थानबाट मात्रै प्रहरी रिपोर्टको व्यवस्था भएपछि सर्वसाधारणलाई समस्या परेको भन्दै नेपाल प्रहरीले भक्तपुर र ललिपुरमा पनि आबेदन संकलनको व्यवस्था गरेको हो ।















प्रतिक्रिया