११ कार्तिक २०८३, बुधबार

आठ किलो चरेससहित दुई पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charesमहेन्द्रनगर, २ कात्तिक । नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टिम महाकालीले आठ किलो चरेससहित कञ्चनपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार क्षेत्रीय अनुसन्धान टिम महाकालीका इन्चार्ज बिरेन्द्र जोहारीको नेतृत्वको टोलीले कृष्णपुर २ बंकबाट आठ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको हो । कञ्चनपुरका प्रमुख एसपी किशोर कुमार दाहालले विशेष सूचनाका आधारमा बंकका खडका बहादुर रोकायाको घरमा खानतसाली गर्दा आठ किलो लागुऔषध चरेस फेला परेको बताउनुभयो ।

चरेस ओसारपसारमा संलग्न कृष्णपुर २ बंककै खडक बहादुर रोकाया र सोही क्षेत्रका पदमराज भट्टलाई पक्राउ गरिएको छ । चरेससहित दुवैलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखेर अनुसन्धान भईरहेको छ ।