दाङ, १ कात्तिक । भारतको अघोषित नाकाबन्दीले इन्धन हाहाकार भइरहेका बेला दाङमा सल्लाको खोटोबाट इन्धन उत्पादन गरी सवारी साधन चलाउन सकिने सफल परीक्षण गरिएको छ ।
दाङका युवा वैज्ञानिक मार्सल रोकाले सल्लाको खोटोबाट इन्धन उत्पादन गरेर सवारी साधन चलाई सफल परीक्षण गरेका हुन् । सल्लाको खोटो जंगलमा पाइने एकप्रकारको जटीबुडी हो । जसलाई प्रशोधन गरी सवारी साधन चलाउने इन्धन उत्पादन गर्न सकिन्छ ।
रोकाले आइतबार मोटरसाइकलको पेट्रोल पाइपमा खोटोको इन्धनलाई बोतल मार्फत जडान गरी मोटरसाइकल चलाएर सफल परीक्षण गरेका छन् । उनले खोटोको इन्धनबाट मोटरसाइकल चलाउन सकिने विधि आफूले तयार पारेको बताए ।
एक लिटर खोटोको इन्धनबाट मोटरसाइकलमा एक सय किलोमिटरसम्म यात्रा गर्न सकिने उनले जानकारी दिए । खोटोलाई प्रशोधनका लागि बिभिन्न रासायनिक पदार्थहरु मिसाएर तयार पारिने इन्धनको मूल्य प्रतिलिटर ७० रुपैयाँ मात्र पर्ने रोकाको भनाई छ ।















प्रतिक्रिया