टीकापुर, १ कात्तिक । नेकपा एमालेका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले राष्ट्रको एकताका लागि नेपाली कांग्रेसलाई राष्ट्रपति दिन सक्ने वताउनुभयो ।
प्रेस चौतारी नेपाल कैलालीले टीकापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले कांग्रेसलाई राष्ट्रपति दिन सकिन्छ तर कांग्रेसले बोकेको संविधान जलाउनेलाई राष्ट्रपतिमा सर्मथन गर्न सकिन्न भन्नुभयो । तराईको भोट राजनीतिका लागि राष्ट्रपतिमा कसैलाई अघि सार्नु राष्ट्रहीतमा नहुने उहाँको दावी छ ।
‘यसपटकको प्रधानमन्त्रीको चुनाव अघिपछिको जस्तो होइन थिएन राष्ट्रिय एकताका लागि मुख्य तीन दल एक भएर जानुपर्ने थियो कांग्रेस चुक्यो तर त्यही कारणले अव कांग्रेसको विरोध गर्नुहुन्न,’ उहाँले भन्नुभयो– केही पदले कांग्रेसलाई मिलाउन सकिन्छ भने हामी उदार हुनुपर्छ ।’
भदौं ७ गतेको टीकापुर घटनापछि शनिवार पहिलो पटक टीकापुरमा आयोजना भएको एमालेको कार्यक्रर्ता भेटघाटमा आउनुभएका पौडेलले तराईमा ०४८ सालतिर कम्यूनिष्टका विरुद्ध गरिएको प्रचार जस्तै अहिले संविधानका विषयमा अर्नगल प्रचार गरिएको बताउनुभयो ।
पत्रकारहरुका प्रश्नको जवाफ दिदै उहाँले अहिलेको संविधान समावेशीका हिसावले निक्कै अगाडि रहेको चर्चा गर्दे भारतमा आठ प्रतिशत आरक्षण छ हाम्रो संविधानले ४५ आरक्षणको व्यवस्था गरेको छ भन्नुभयो । महिलाका सम्वन्धमा यति धेरै लचिलो संविधान अन्य देशको नरहको वताउनुभयो । तराई मधेसमा विभिन्न भाषामा संविधान प्रकाशन गरेर जनतालाई जानकार गराउनु पर्ने आवश्यक्ता पनि उहाँले औल्याउनुभयो ।
अर्को प्रसंगमा उहाँले सरकारले औपचारिकरुपमा भारतले नाकावन्दी लगाएको छ भनेर भन्नुपर्छ । हामीले भारतको विरोध गर्नु हुन्न, भारतले के गर्छ उसले कुरा हो हामीले मित्रताको हात वढाइ राख्नुपर्छ नेता पौडेले भन्नुभयो चीन तिरको नाका खोल्न चीन सरकारसंग सम्झौता गर्नुपर्छ । नेपालमा नाकावन्दीले अहिले १५ रेक्टरको भूकम्प गएको जस्तो भएकोले सरकारले अन्तराष्ट्रियरुपमा सहयोग माग्नुपर्छ उहाँले भन्नुभयो ।




![p[1]](https://www.dainiknepal.com/wp-content/uploads/2015/10/p1-650x488.jpg)











प्रतिक्रिया