२२ कार्तिक २०८३, आइतबार

विवादले मन्त्रिमण्डल आज विस्तार हुने संभावना अत्यन्तै न्यून

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-prachandaकाठमाडौं, १ कात्तिक । प्रधानमन्त्री केपी ओलीले आज विस्तार गर्ने भनिएको मन्त्रिमण्डल दलहरूभित्रका आन्तरिक खटपटले समस्या देखिएको छ ।

विशेष गरेर एमाले र एकीकृत माओवादीबाट सरकारमा सहभागी हुने मन्त्रीहरू छनौटलाई लिएर विवाद भएको स्रोतको भनाइ छ ।

एमाले र एकीकृत माओवादीमा मन्त्री बन्नेहरूको सूची लामो भएपछि आजका लागि मन्त्रिमण्डल विस्तारको विषय अनिश्चित बनेको एक नेताले बताए ।

एमालेका शीर्ष नेताहरूले आफू निकटका नेताहरूको लामो सूची अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई बुझाएपछि विवाद देखिएको छ ।

ओलीले शीर्ष नेताहरूको लामा लामा सूची पाएपछि त्यस विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाउनु परेको छ ।

उता, एमाओवादीमा पनि मन्त्री र मन्त्रालयको विषयमा नेताहरूबीच मनमुटावसमेत भएको छ ।

अधिकांश मन्त्रीहरूको नाम एकीकृत माओवादीका अधयक्ष पुष्पकमल दाहालले टुङ्गो लगाए पनि मन्त्रालय र नेताहरूको नामलाई लिएर विवाद भएको स्रोतको भनाइ छ ।

एमाले र एमाओवादीभित्रको आन्तरिक विवादले आज मन्त्रिमण्डल विस्तार नहुने बालुवाटार स्रोतको भनाइ छ । मन्त्रिमण्डल विस्तार भए पनि भोलि सोमबार हुन सक्ने स्रोतको भनाइ ।