काठमाडौं, १ कात्तिक । सरकारमा सहभागी हुने मन्त्रीहरूका विषयमा छलफल गर्न अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीले स्थायी समितिको बैठक बोलाउनुभएको छ ।
अहिले केही समयपछि बालुवाटारमा बस्ने बैठमा सरकारमा सहभागी हुने एमालेका मन्त्रीहरूका विषयमा टुङ्गो लगाउन सकिने स्रोतले जनाएको छ । प्रधानमन्त्रीले विस्तार गर्न लागेको मन्त्रिपरिषद बैठकमा आन्तरिक रुपमा सहमति हुन नसकेपछि शीर्ष नेताहरूमै विवाद हुँदै आएको छ ।
यसअघि आजै बिहान बसेका शीर्ष नेताहरूका बीच सरकारमा सहभागी हुने मन्त्री र राष्ट्रपति उम्मेदवारलाई लिएर विवाद भएपछि स्थायी समितिको बैठक बोलाइएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलबीच सरकारमा को जाने भन्ने विवाद टुङ्गो लाग्न सकेको छैन ।
अन्य मन्त्रीहरूमा रविन्द्र अधिकारी, प्रकाश ज्वाला, शेरधन राई, जनार्दन ढकाल, शत्रुध्न महतो, प्रेम आले, बैजनाथ चौधरी, नागेन्द्र चौधरी, शेरबहादुर तामाङ, श्रीमाया थकाली, जयन्ती राई, यज्ञराज सुनुवार, देवबहादुर सुनार र जितु गौतमलगायतको नाम मन्त्रीका लागि चर्चामा रहेको स्रोतको भनाइ छ ।












प्रतिक्रिया