२२ कार्तिक २०८३, आइतबार

संविधान जलाउनेलाई राष्ट्रपतिमा स्वीकार गर्न सकिन्न : प्रमुख सचेतक पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

giriraj-mani-pokharelमहोत्तरी, १ कात्तिक । स्वाभिमानी नेपाली भारतको कुनै पनि हालतमा उपनिवेश बनेर नबस्ने एकीकृत नेकपा (माओवादी)का प्रमुख सचेतक गिरीराजमणि पोखरेलले बताउनुभएको छ ।

आज बिहान महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता पोखरेलले मधेसबाट गुमेको आफ्नो भोट बैंक फिर्ता ल्याउनमात्र मधेसवादी दलले तराई मधेसमा आन्दोलन गरिरहेको आरोप लगाउनुभयो ।

भारतले गरेको नाकाबन्दीको कार्यान्वयन आन्दोलनकारीहरुले गरिरहेको भन्दै पोखरेलले भन्नुभयो – “संविधान जलाउने मधेसी दलहरुले नयाँ संविधान स्वीकार गरिसके । संविधानलाई टेकेर प्रधानमन्त्रीको चुनावमा भाग लिए । हामीले ल्याएको संविधान ठीक छ ।”

नेपाली कांग्रेसले तमलोपाका नेता महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने चर्चा चलिरहँदा उहाँले संविधान जलाउने नेतालाई कुनै हालतमा स्वीकार नगरिने बताउनुभयो ।

नयाँ संविधानले मधेसी जनताका अधिकार खोसेको प्रचार गरेर मधेसवादी दलले मधेसी जनतामा भ्रम सिर्जना गरिरहेका भन्दै उहाँले अब त्यसलाई चिर्नुपर्ने बताउनुभयो ।

उहाँले नयाँ संविधान बहुसङ्ख्यक मधेसी जनताको हितमा बनेको तर मधेसका केही ठालुहरुले नयाँ संविधानमा मधेसी जनतालाई केही पनि अधिकार छैन भनेर सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो – “सीमित पहाडिया अहङ्कारवाद र मधेसका सीमित दलालहरुका हर्कतले देश गम्भीर मोडमा पुग्यो ।” मधेसी जनतालाई संविधान राम्रोसँग पढ्न आग्रह गर्दै पोखरेलले मधेसवादी दलको भ्रममा नपर्न मधेसी जनतालाई आग्रह गर्नुभयो ।

मधेसवादी दलले आगामी चुनावलाई केन्द्रित गरेर आन्दोलन गरिरहेका भन्दै उहाँले अहिलेका मधेसवादी दलले मधेसका बहुसङ्ख्यक श्रमजीवि मधेसी जनताको प्रतिनिधित्व गर्न नसक्ने तर्क गर्नुभयो ।

एक अर्को प्रसङ्गमा बाँकी छ प्रदेशको तुलनामा दुई नं प्रदेशले मात्र सीमाङ्कन र पहिचानलाई ठीक ढङ्गले सम्बोधन गरेको पोखरेलको भनाइ थियो । रासस