३० आश्विन २०८३, शुक्रबार

अभिनेता विजय लामाको जहाज ठूलो दुर्घटनाबाट जोगियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vijaya Lamaकाठमाडौं । नेपाल एयरलाइन्सको सिनियर क्याप्टेन रहेका लोकप्रिय अभिनेता बिजय लामाले उडाउदै आएको एयरबस ठूलो दुर्घटनाबाट जोगिएको छ ।

एयरलाइन्सको एयरबस ए ३२०–२०० जहाज हङकङमा स्थानीय समयअनुसार साँझ ७ः५ बजे हङकङ इन्टरनेसनल विमानस्थलबाट उड्नुपर्ने थियो । तर, उड्ने बेलामा जहाजमा क्याटरिङको गाडीले ठक्कर दिएपछि उडान स्थगित भएको हो ।

एयरलाइन्स स्रोतका अनुसार खाना पुर्‍याउन आएको गाडीले जहाजलाई ठक्कर दिएर प्वाल पारेको थियो । तर, जहाजमा केही नभएको भन्दै गाडी बाहिरियो ।

उड्ने तयारी गर्दा हवाई इन्जिनियरले जहाजमा भ्वाङ परेको पत्ता लगाएका थिए । ‘यदि सोहि अवस्थामै जहाज उडेको भए निश्चित उचाई लिंदा जहाजभित्र हावा पस्ने र जहाज आकाशमै पड्कने चालक दलका एक सदस्यले बताए । जहाज अभिनेता लामाले नै उडाउने तयारीमा थियो ।