काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । त्यसका लागि राष्ट्रपतिको कार्यालयलाई मन्त्रीहरूको शपथ कार्यक्रम मिलाउन आग्रह गरिएको छ ।
मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लागेपछि ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । आज विस्तार हुने मन्त्रिमण्डलमा कम्तिमा पाँच उपप्रधानमन्त्री हुने स्रोतको भनाइ छ ।
एकीकृत माओवादीबाट टोपबहादुर रायमाझीले उपप्रधान तथा पर्यटन मन्त्रालयको जिम्मेवारीसहित पार्टीबाट नेतृत्व गर्ने स्रोतको भनाइा छ ।
एमाओवादीका नेता शक्ति बस्नेतलाई गृह र अग्नि सापकोटालाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको बुझिएको छ । अन्य मन्त्रीहरूको टङ्गो भने आजै बिहान एमाओवादीले टुङ्गो लगाउनेछ ।
एमालेमा पनि मन्त्रीहरूमा सहमति भए आजैको मन्त्रिमण्डलमा शपथ गराइनेछ । तर एमालेमा मन्त्री बन्नेहरूको आकंक्षी धेरै भएपछि विवाद चुलिएको छ । एमालेबाट बन्ने मन्त्रीमध्ये एक जनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी पनि दिइनेछ ।
विस्तार हुने मन्त्रिमण्डलमा नेकपा (माले)का महासचिव सिपी मैनालीलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित शपथ गराउने तयारी गरेको स्रोतको भनाइ छ । बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान पनि मन्त्री बन्ने तयारी भएको बुझिएको छ ।












प्रतिक्रिया