३० आश्विन २०८३, शुक्रबार

शाहरुख खानका फ्यानलाई खुसीको खबर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shahrukh-khanमुम्बई । बलिउडका बादशाह अभिनेता शाहरुख खानलाई नचिन्ने सायदै होलान् ।

भारतसँगै नेपालमा पनि उनको विशेष स्थान छ । भर्खरै मात्र उनी नेपाल भ्रमणमा आएका थिए । नेपाल स्थित उनका फ्यानका लागि एउटा खुसीको खबर छ । अब शाहरुख खान डाक्टर पनि बनेका छन् । शाहरुखले स्कटल्याण्डको एडिनबरा विश्वविद्यालयबाट मानर्थ डाक्टरको उपाधिसहित सम्मानित भएका छन् ।

उनलाई फिल्म र समाज कल्याणमा उल्लेख्य योगदान गरेको भन्दै एडिबनले डाक्टरको उपाधि दिएको समाचार एजेन्सीले जनाएका छन् । उपाधि ग्रहण गर्दै उनले आगामी दिनमा अझै बढी मेहनत गर्ने प्रेरणा मिलेको बताए ।

उनले एउटा असल कलाकारले हरेक दिन अलग अलग चरित्र निर्वाह गर्नुपर्ने भएकाले पनि प्राय कलाकारका मष्तिष्क धेरै चरित्रमा घुमिरहने उनको भनाई थियो । जसका कारण समाज परिवर्तन हुँदै गएको शाहरुखले बताए ।