काठमाडौं, ३० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा एमाओवादीका तर्फबाट सचिव टोप रायमाझीले नेतृत्व लिनुहुने भएको छ ।
शनिबार जारी एमाओवादी स्थायी समिति बैठकले सचिव रायमाझीको नेतृत्वमा सरकारमा सहभागी हुने टुंगो लगाएको एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । एमाओवादीले रायमाझीलाई उपप्रधानसहित उर्जा मन्त्रालयको जिम्मेवारी दिएको छ ।
यस्तै गृह मन्त्रालयको जिम्मेवारी शक्ति बस्नेतले र शिक्षा मन्त्रालय अग्नी सापकोटाले सम्हाल्ने टुङ्गो लागेको छ । अन्य मन्त्रालयको भने आज बेलुकासम्म मात्रै टुंगो लाग्ने प्रवक्ता शर्माले बताउनुभयो । यसअघि विहीबार महासचिव कृष्णबहादुर महराको नेतृत्वमा एमाओवादी सरकारमा जाने निर्णय भएको थियो ।












प्रतिक्रिया