३० आश्विन २०८३, शुक्रबार

कांग्रेसलाई यसरी फसाए मोदीले !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modiकाठमाडौं, ३० असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अहिले सर्वत्र आलोचना भइरहेको छ ।

झन भारतमा अहिलेको चर्चित दादरी काण्डमा पनि मोदी नराम्रोसँग मुछिएका छन् । नेपालमा गरिएको अघोषित नाकाबन्दीले पनि उनीमाथि दबाब परेको छ । तर, उनले आफ्नो निर्वाचन क्षेत्र वाराणसीमा भड्किएको हिंसामा चलाखीपूर्ण फर्मुला लगाएर कांग्रेसका नेतालाई फसाएका छन् ।

वाराणसीमा केही दिन अगाडि साधु र अन्य मानिसहरुले विरोध मार्च निकालेका थिए । जसका कारण हिंसा भड्किएको थियो । हिंसा भड्किदा कैयौ घाइते भएका थिए भने प्रशासनले दुई दिनसम्म कर्फ्यू लगाउनुपरेको थियो । वाराणसीमा राज्य सरकार चलाइरहेको समाजवादी पार्टीले हिंसा भड्काएको आरोपमा कांग्रेस विधायक अजय रायलाई पक्राउ गरेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार समाजवादी पार्टीको राज्य सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा कांग्रेसका विधायक रायलाई पक्राउ गरेको बताइएको छ । यता कांग्रेसका नेता तथा पूर्व केन्द्रीय मंत्री श्रीप्रकाश जायसवालले सत्ताधारी समाजवादी पार्टीले प्रधानमंत्री नरेन्द्र मोदीलाई खुसी पार्न कांग्रेसका नेतालाई फसाएको आरोप लगाए ।

जायसवालले केन्द्र र राज्य सरकार एउटै भएको बताउँदै हिंसा भड्काएको आरोपमा पक्राउ गरिएका कांग्रेस विधायक अजय रायलाई तत्काल रिहा नगरे विधानसभा ठप्प पार्ने चेतावनी दिएका छन् ।

उनले समाजवादी पार्टीको सरकारले आफ्ना नेताहरुलाई सीबीआईको छानविन दायराबाट बचाउन र प्रधानमन्त्री खुसी पार्न कांग्रेसले नेतालाई फसाइएको आरोप लगाएका हुन् । कांग्रेस भारतको प्रमुख प्रतिपक्षी दल हो ।