काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी ओली सरकारी निवास बालुवाटारमा सर्नुभएको छ ।
प्रधानमन्त्री ओली भक्तपुरको बालकोटस्थित निजी निवासबाट शुक्रबार साँझ ७ बजे प्रधानमन्त्री निवास, बालुवाटार प्रवेश गर्नुभएको हो ।
ओलीलाई एमालेको काठमाडौं निर्वाचन क्षेत्र नं ५ बालुवाटारका स्थानीय कार्यकर्ताले स्वागत गरेका थिए ।
पार्टीका उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेललगायत नेताले उहाँलाई निवासमा प्रवेश गराउनुभएको थियो ।
त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । प्रवेशका समयमा कुनै परम्परागत पूजाविधि नगरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
एमालेका अध्यक्ष ओली यही असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको थियो ।












प्रतिक्रिया