झापा, २९ असोज । अघोषित नाकाबन्दीका बीच पूर्वी नाका काकडभिट्टाबाट ग्यास र तेल बोकेका गाडी नेपाल प्रवेश गरेका छन् ।
शुक्रबार दिनभरीमा इन्धनका गाडीसहित १२६ वटा कन्टेनर नेपाल भित्रिएको मेची भन्सार कार्यालयले जनाएको छ । जसअनुसार ३ वटा ग्याँसका बुलेट, ८ वटा इन्धनका गाडीसहित १ सय २६ कन्टेनर भित्रिएका छन् ।
मेची भन्सार कार्यालय काकडभिट्टाका प्रमुख भीम अधिकारीले शुक्रबार बेलुका सम्ममा यो परिणामका कन्टेनर पुर्वी नाकाबाट नेपाल भित्रिएको बताए । ग्याँसको बुलेट तथा इन्धनका गाडीलाई शुक्रबार राति नै नेपाल आयल निगम मेचीको डिपो चारआलीमा राखिने छ ।















प्रतिक्रिया