३० आश्विन २०८३, शुक्रबार

उपप्रधानमन्त्री भएलगत्तै विजय गच्छदारलाई ठूलो झट्का, फोरम लोकतान्त्रिक रित्तिदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-gachedarकाठमाडौं, २९ असोज । विजय गच्छार उपप्रधानमन्त्री भएलगत्तै उनको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक रित्तिन थालेको छ ।

विशेषगरी मधेसमा बोलियो पकड रहेको फोरम लोकतान्त्रिकका अधिकांश जिल्लाका नेता तथा सबै कार्यकर्ताले छाडेपछि पार्टी रित्तिन थालेको हो । पार्टी रित्तिएपछि उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनेका विजय गच्छदारलाई ठूलो झट्का लागेको छ ।

उनको राजनीतिक यात्रामा पनि प्रश्न चिन्ह उठिसकेको छ । यसै अवस्थामा रहे पार्टी पुरै रित्तिएर अबको राजनीतिक यात्रामा पूर्ण विराम लाग्न सक्छ । गच्छदार सरकारमा गएकै कारण फोरम लोकतान्त्रिकको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक मोर्चा पनि टुक्रा टुक्रा भइसकेको छ ।

यसैक्रममा फोरम लोकतान्त्रिकका महासचिव तथा पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादवले पार्टीबाट राजीनामा दिने भएका छन् । मधेस आन्दोलनको कार्यक्रममा सहभागी हुँदै यादवले महासचिव पदबाट राजीनामा गर्न लागेको जानकारी गराएका छन् ।

मधेस आन्दोलनलाई बेवास्ता गर्दै पार्टीको कुनै संस्थागत निर्णय बेगर पार्टी सरकारमा सहभागी भएकामा आफ्नो असहमति रहेको उनको भनाइ थियो । पार्टी अध्यक्षसामु पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनले राजीनामा दिन लागेका हुन् । महासचिवको राजीनामापछि पार्टी पूर्ण रुपमा रित्तिने देखिन्छ ।