३० आश्विन २०८३, शुक्रबार

अनाथ बालबालिकाको हेरचाह गर्न पुगिन स्वेता खड्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sweeta-prashnata (1)काठमाडौं । तीन वर्षअघि स्थापना भएर अनाथ र अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिईरहेको संस्था घर आँगन नेपालको अभिनेत्री स्वेता खड्का तथा अभिनेता प्रशान्त तामाङले हालै अवलोकन गरेका छन् । काठमाडौंको चण्डोलमा रहेको यो संस्थामा हाल १५ जना बालबालिका आश्रित छन् ।

संस्थाको अवलोकन गरेपछि अभिनेत्री खड्काले आफु लामो समयदेखि सामाजिक क्षेत्रमा रहेकाले घरआँगनलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाईन् । ‘म पहिल्यैदेखि नै धेरै सामाजिक काममा संलग्न हुँदै आएको थिएँ र अझै पनि छु, तर म मिडियामा नआउनु त्यो भिन्नै कुरा हो, म यहाँ आएर सबै बच्चाहरु हेर्दा एकदमै माया लागिरहेको छु, भित्रदेखि नै दुःख लागिरहेको छ,’झण्डै एक वर्ष अघि पति श्रीकृष्ण र केही समय अघि सासु गुमाएकी स्वेताले भनिन्,‘मैले पनि दशैं मान्नुहुँदैन, त्यो कुरा सबैलाई थाहा छ, भूकम्पका कारण सबैलाई दुःख भएकोले पनि मलाई दशैं मान्ने इच्छा थिएन ।’

उनले आफु दशैंमा लण्डनमा जाने र त्यहाँ फिल्म ‘कोहिनूर’को च्यारिटी शो गर्ने बताईन् । ‘त्यो शोको मुख्य उद्देश्य नै भूकम्पमा आमाबाबु गुमाएका बालबालिकालाई सहयोग गर्नु हो,’उनले भनिन्,‘त्यो उद्देश्यमा हामीले लण्डनमा चार, पाँचवटा च्यारिटी गर्दैछौं । त्यहाँको च्यारिटीबाट जति रकम उठ्छ, तयो सबै रकम म यहाँ ल्याएर हस्तान्तरण गर्न चाहन्छु ।’ उनले नेपालमा पनि फिल्मको च्यारिटी शो गरेर सहयोग गर्नेमा चासो देखाएकी थिईन् । उक्त संस्थामा भूकम्पमा आमाबाबु गुमाएका दुई दिदीभाई पनि आश्रित छन् ।

sweeta-prashnata (2)संस्थाका सञ्चालक दीपक सिलवालले अभिनेता प्रशान्तले पनि संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए । ‘म दशैंमा बालबालिकाहरुलाई दशैं मनाउनका लागि खानेकुराको सहयोग गर्नेछु,’प्रशान्तको भनाई उदृत गर्दै दीपकले भने,‘मौका मिल्यो भने सबैजनालाई मेरो रिलिज हुन लागेको फिल्म परदेशी पनि हेराउनेछु ।’ प्रशान्त र स्वेताले बालबालिकामाझ दुई घण्टा बिताएका थिए । त्यहाँ प्रशान्तले कार्तिक ३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘परदेशी’को ‘कुरा खाटी हो’ र ‘गोर्खा पल्टन’को शीर्ष गीत गाएका थिए ।

सञ्चालक दीपकले आगामी दिनमा पनि अन्य सेलिब्रेटीहरुलाई संस्थाको अवलोकन गराउने बताए । उनले परिवारको इच्छा बेगर पनि आफ्नो जग्गाजमिन बेचेर यो संस्था चलाउँदै आएका छन् । दीपकले आफुलाई सहयोग गर्न चाहनेले एनआईसी एसिया बैंकमा रहेको संस्थाको खाता नम्बर ५४४१३३१०२६५२४००१ र स्वीफ्ट कोड : NICENPKAमा सहयोग गर्न आग्रह गरेका छन् ।