३० आश्विन २०८३, शुक्रबार

साउथ स्टाइलमा राजेश हमालको कमब्याक (हेर्नुस् भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajesh-hamalकाठमाडौं । चलचित्र बागमतीको ट्रेलर सार्वजनिक गरिएको छ ।

२ करोड नेपाली बजेटमा बनेको अहिलेसम्मकै सर्वाधिक महंगो नेपाली फिल्म ‘बागमती’को यसअघि सार्वजनिक गरिएको ट्रिजरले चलचित्रलाई एउटा सम्भावना बोकेको चलचित्र मात्रै हैन कि महानायक राजेश हमालको समेत कमब्याक हुने देखिएको छ ।

बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र बागमती पुस २४ गते बाट प्रदर्शनमा आउदै छ ।यसअघिको ट्रिजरमा महानायक राजेश हमाललाई मात्रै देखाए पनि अहिले सार्वजनिक ट्रेलर चलचित्रका मुख्य सबै कलाकारलाई देख्न सकिन्छ ।

साउथ शैलीमा निर्माण भएको यस फिल्मलाई नेपालकै महँगो नेपाली फिल्म मानिएको छ । उनीहरुले दक्षिण भारतीय फिल्मकै स्वादमा ‘बागमती’ बनाएका छन । जसकारण फिल्म चल्ने चौतर्फी सम्भावना देखिएको छ । यस फिल्मको पर्दामा देखिने कलाकार र केहि निर्माता बाहेक काम गर्ने सबै दक्षिण भारतीय हुन् ।

यसका निर्देशक सन्नी केरला दक्षिण भारतीय हुन् भने फिल्मको प्राविधिक काम पनि नेपाल बाहिरै गरिएको छ । फिल्ममा नेपाली कलाकारहरु राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, बालकलाकार कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ । रविकर प्रसाद घिमिरेले यसै फिल्मबाट हिरोको रुपमा डेब्यु गर्दैछन । फिल्मलाई ट्रि इन्टरटेन्टमेन्टको ब्यानरमा दिनेश दर्शनधारी र बिजय सत्यालले निर्माण गरेका हुन् ।

https://www.youtube.com/watch?v=Cm4JXRnU4HY