काठमाडौं, २८ असोज । विगत ९ वर्षदेखि विदेशमा रहेका नेपालीले कमाएको रकम भरपर्दो र सुरक्षित तरिकाले नेपालका आफन्तसम्म पुर्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले यसपालीको दशैं र तिहारको शुभ-अवसर पारेर बम्परमा कार उपहार योजना सार्वजनिक गरेको छ ।
साउदी अरेबिया स्थित टेलीमनीबाट सिटी एक्सप्रेस मार्फत लक्ष्मी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा पैसा पठाउने ग्राहकहरू यस योजनामा सहभागी हुन पाउने छन् । यो योजना ४ डिसेम्बर २०१५ सम्म चालू रहने छ । यस योजना अवधिभर सहभागीहरूमध्येबाट लक्की ड्र मार्फत स्मार्ट फोन, ट्याब्लेट पाउनुका साथै विजेताले बम्परमा २०१६ मोडेलको ज्थगलमबष् ब्अअभलत कार प्राप्त गर्ने छन् ।
‘हामीले जुन देशबाट पैसा पठाएको हो, त्यही देशमा रहेका नेपाली दाजुभाइहरूलाई लक्षित गरी त्यही देशमा नै पुरस्कार वितरण गर्ने व्यवस्था गरेका छौँ । जसले गर्दा उहाँहरूलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत पैसा पठाउन प्रेरित गर्ने छ भन्ने अपेक्षा गरिएको छ साथै उहाँहरूले पठाएको पैसा उहाँहरूका आफन्तहरूले छिटो, छरितो र सहज रूपमा प्राप्त गर्ने विश्वास समेत गरेका छौँ,’ सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भन्नुभयो ।
सिटी एक्सप्रेसले कतार, साउदी अरेबिया, दुबई, मलेशिया, जापान, अमेरिका, जोर्डन, इजरायल, बेलायतलगायत संसारभरबाट पठाएको पैसा मुलुकभरका आफ्ना ४ हजारभन्दा बढी सञ्जालहरूमार्फत् वितरण गर्दै आएको र यो योजनामा पैसा पठाउने व्यक्ति नै प्रत्यक्ष सहभागी हुने अवसर प्राप्त होस् भनी यो योजना साउदी अरबको लागि मात्र ल्याइएको सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक टण्डनले बताउनुभयो ।















प्रतिक्रिया