काठमाडौं, २८ असोज । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा प्रमोद दाहाललाई नियुक्त गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । यसअघि तत्कालीन सञ्चार मन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार भएर काम गरेका दाहाल हाल रेडियो नेपालमा कार्यरत हुनुहुन्छ ।
त्यस्तै आजको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।















प्रतिक्रिया