११ कार्तिक २०८३, बुधबार

दसैँको मौका पारी काठ तस्करी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

woodगाईघाट (उदयपुर), २८ असोज । नेपालीको महान् चाड बडादसैँ नजिकै आइरहेको मौका छोपेर उदयपुर जिल्लाका विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा काठ तस्करी बढेको छ ।

जिल्लाको साउने खाँबु गाविसको खाँबु रेन्जरपोष्टका राष्ट्रिय वनमा अहिले वन कर्मचारीको निगरानी कम हुँदा जङ्गल क्षेत्रको काठ तस्करी व्यापक रुपमा बढ्दै गएको स्थानीयवासी होमबहादुर मगरले बताउनुभयो ।

गत जेठमा हावाहुरीले लडाएको सो जङ्गल क्षेत्रका काठ रातारात अहिले काठ तस्करले ट्र्याक्टरमा लोड गरेर सुनसरीतर्फ लान थालेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाको पूर्वी क्षेत्रको कटुन्जेलबबलाको सामुदायिक वनक्षेत्र र मैनामैनी क्षेत्रका अधिकांश सामुदायिक वनमा अहिले रातारात व्यापक काठ तस्करी बढ्न थालेको बबला–७ का मीनकुमार राईले बताउनुभयो ।

रामपुर ठोक्सिला गाविसका केही सामुदायिक वनमा पनि एक हप्तायता आएर व्यापक काठ तस्करी हुन थालेको स्थानीय कुमार घिमिरे बताउनुहुन्छ ।

यसपटक उदयपुरमा गत जेठमा आएको हावाहुरीको कारण व्यापक रुपमा वनका रुख, बिरुवा लडेको थियो । ती सबै काठ अहिले जङ्गल क्षेत्रमा नै लडेको अवस्थामा रहँदै आएको छ ।

हावाहुरीले ढालेका रुखको सम्बन्धित निकायबाट उचित निगरानी नहुने हो भने जङ्गल क्षेत्रका काठ तस्करी कार्य अझै व्यापक बढ्दै जाने स्थानीयवासीको भनाइ छ । रासस