२२ कार्तिक २०८३, आइतबार

नेपालमै छ बिना विद्युत, बिना इन्धन चल्ने मेसिन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

super m and mahesh

– गौरव त्रिपाठी
पोखरा, २८ असोज । आज भन्दा करिब सात वर्षअघि नेपालमा नै विना विद्युत् र विना इन्धन चल्ने मेसिनको निर्माण गरेर चर्चा कमाएका युवा वैज्ञानिक महेश त्रिपाठी आज कहाँ छन् ? समाचार माध्यममा त्यो वेला नेपालमा नै विद्युत् र इन्धन विना चल्ने मेसिनको आविष्कार गरेको भनेर समाचार आइरहेको थियो ।

नेपालमा पछिल्लो पटक देखिएको इन्धन अभावले कयौ सर्वसाधारण मारमा परेका छन् । भारतीय आयल निगम आईओसीले तेलदिन आनाकानी गरिरहेका वेला नेपालमा पनि वैकल्पिक उर्जाको खोज अनुसन्धान भइरहेको छ । नेपालको सरकारी रणनीति कस्तो दुर्भाग्य रहेको छ भने जब रात परी तब वुढी ताती भन्ने उखान चरितार्थ हुन्छ ।

युवा वैज्ञानिक महेश त्रिपाठीले बनाएको सुपर एम नामक इन्जिनलाई नत तेल चाहिन्छ नत विद्युत् यस्तो महत्वपुर्ण आविष्कारमा लगानी नत सरकारबाट भयो, नत वैज्ञानिक अनुसन्धान केन्द्रहरुले नै गरे । कुनै बेला पानीबाट चल्ने इन्जीनको आविष्कारको खोजीमा हिडेका महेश आज कता गुमनाम छन् ? विद्यालय पढ्दा नै सानो उमेरबाट रोबर्ट लगायत जहाज निर्माण गरेका महेश एकाएक मिडियाबाट हराए । चुम्बकिय शक्तिका आधारमा निर्माण गरेको सुपर एम नामक मेसिनको प्रयोग नौलो थियो तर सरकारी वेवास्था र राजनीतिक अस्थिरताले गाजेको देशमा कहिले होला यस्ता आविष्कारकमा सरकारी लगानी ? यदी लगानी गर्ने हो भने यस्ता आविष्कार नेपालमा धेरै नै हुने थियो होला तब मात्र नेपालमा उर्जामा देश आत्मनिर्भर हुने थियो होला ।

त्रिपाठीले सुपर एम बनाउदा करिव पाचँ वर्ष अनुसन्धान गरेर करिब दश लाखको खर्च गरेका थिए । पछि पारिवारिक लगानी गर्न नसक्दा उनले त्यो सुपर एम एउटा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरे यसले यसरी काम गर्दछ भनेर देखाए मिडिया सवैले समाचार बनाए तर अरु थप निर्माण गर्न कसैले सहयोग नगरेका कारण त्यो मेसिन त्यसै घरमा थन्किएको महेशका वुवा ठाकुर प्रसाद त्रिपाठीले बताए । कास्कीकोटको कालीका उच्च माविमा अध्ययन गर्दैगर्दा कक्षा आठमा पढ्दा देखिनै नेपालमा सानो उमेरमा रोवर्ट बनाउने महेश २०५८ सालमा नेपालमा रोवर्ट बनाउथे जति वेला नेपालमा रोवर्ट वनाउने वेला एक दुई पटक रोबट चौधरीको नाम आउने गरेको थियो । रोबट चौधरी पनि आज कहाँ छन् थाहा छैन् ?

नेपालका यस्ता कयौ आविष्कार गरेका र गर्न खोज्ने हरुलाई सरकार उचित लगानी र आवश्यक प्रयोगशालाको निर्माण गरिदिए अबको युवा पुस्ता पनि वैज्ञानिक खोज अनुसन्धानमा तल्लिन हुँदै देशलाई उर्जाशील आत्मनिर्भर छ भन्ने देशको सुचीमा पार्ने थियो । पोखराका महेश त्रिपाठी जनकपुरका दिवाकर झा, रोवर्ट चौधरी (रमेश) पोखराकै विकास पराजुली, तल्ज बराल र युवा वैज्ञानिक आविष्कार सुवेदी, को कहाँ छन् कसैलाई थाहा छैन् । किन आखिर खोज अनुसन्धान मा देखिएका यस्ता व्यक्तिहरु एकाएक हराएका छन् ।

यी त केवल उदाहरणका पात्र मात्र हुन् पर्दा पछाडीका अरु पात्रहरु त कति होलान् तिनीहरुको मन देखिको वैज्ञानिक खोज अनुसन्धान र समाजलाई रुपान्तरित गर्ने सोच कतै तेसै समाप्त भएर जाने त होइन् यस्तो विषय नै पाएको नेपाल अनुसन्धानको जिम्मा लिने विज्ञान तथा प्रविधी मन्त्रालयले के काम गरिरहेको होला सीमित स्रंोत र साधनमा खोज अनुसन्धान गर्न बाध्य यि र यस्ता वैज्ञानिकहरुको आविष्कारले देशलाई पक्कै उर्जाको लागि आत्मनिर्भर बनाउन सक्दछ ।

आज भारतले पेट्रोलियम पदार्थ नदिदा देशमा भएको चरम अभावले जनता मारमा परेको बेला यस्ता वैकल्पिक उपायमा सरकारले चाँसो देखाएको भए केहि हदसम्म पनि देशले आत्म सन्तुष्टी गर्ने थियो । तर आज आफूसगँ कुनै पनि उर्जाको भरपर्दो स्रोत नहुँदा अभावै अभावमा यात्रा गर्न बाध्य छन् देशका जनता । महेशले निर्माण गरेको यन्त्रले नत पेट्रोल नत विद्युत नै खोज्दथ्यो चुम्बकिय शक्तिबाट निकालिएको शक्तिले आज धेरै काम गर्ने रहेछ तर सरकारी उदासीनताका कारण सुपर एम नामक मेसिन आज तेसै महेशको घरमा थन्किएको छ । महेशको अन्तिम पटक पत्रकार सम्मेलन गरेर उतm मेसिन सार्वजनिक गरे तर त्यसपछि महेश का छन् के गर्दै छन् यस्ता युवाहरुको खोज गर्नु सरकारको कर्तव्य होइन र ?