काठमाडौं, २८ असोज । सरकारको कामकारबाही, आचार संहिता, उच्चस्तरीय संयन्त्रलगायतका विषयमा छलफल गर्न सत्तारुढ दलहरूको बैठक बस्दैछ ।
सिंहदरबारमा अहिले केही समयपछि बस्ने बैठकले सरकारलाई सुझाव दिने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने बुझिएको छ ।
स्रोतका अनुसार संयन्त्रको संयोजक एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई दिने तयारी भएको छ ।
त्यसै गरी बैठकमा सरकारले आगामी दिनमा गर्ने कामकारबाही र अन्य विविध विषयमा छलफल हुने बुझिएको छ ।












प्रतिक्रिया