११ कार्तिक २०८३, बुधबार

करेन्ट लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police-logoकाँकडभिट्टा (झापा), २७ असोज । झापाको गरामनी सैनिक बजार घर भएका प्रहरी सहायक निरीक्षक राजकुमार राईको आज साँझ करेन्ट लागेर मोरङमा मृत्यु भएको छ ।

मोरङको वयरबनस्थित प्रहरी चौकीमा इञ्चार्ज रहेका सहायक निरीक्षक राईलाई साँझ आएको हावाहुरीमा चौकीमै अचानक करेन्ट लागेको शनिश्चरे प्रहरी चौकीका इञ्चार्ज सार्कीधन राईले जानकारी दिनुभयो । उपचारका लागि नोबेल मेडिकल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

चौवालिस वर्षीय राई अत्यन्त मिलनसार र कर्तव्यनिष्ट प्रहरी मानिन्थे । उनी दुई वर्षअघि शनिश्चरे प्रहरी चौकीमा इञ्चार्ज थिए ।

मृतककी पत्नी सीता राई र एक छोरी छन् । गत वर्ष उनकी एक छोरीको मुटु रोगको कारण असामयिक निधन भएको थियो । रासस