काठमाडौं, २७ असोज । धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योगका फरार काठमाडौँ महानगरपालिका–१६ बस्ने सिन्धुपाल्चोक थाङपालधाप–४ घर भएका २७ बर्षीय जिम्बा तामाङ भन्ने वजिर जिम्बालाई प्रहरीले पक्राउ गरेको छ ।
गत चैत ७ गते राती टोखा नगरपालिका–१३ गोंगबु नयाँबसपार्कस्थित हिमसागर दोहोरी सांझ अगाडी सडकमा धादिङ दार्खा–९ घर भई टोखा बस्ने २७ बर्षीय सुर्य बहादुर गुरुङ र ओखलढुंगा बिलनन्दु– ७ घर भई गोंबबु बस्ने २९ बर्षीय जिवन चौलागाईलाई जिम्वा समेतका ब्यक्तिहरुले धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएका थिए ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले जिम्बालाई मंगलबार काठमाडौँ महानगरपालिका–१६ बालाजु बनस्थलीबाट पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारवाहीको लागी महानगरीय प्रहरी बृत्त महाराजगंजमा पठाइएको छ ।















प्रतिक्रिया