११ कार्तिक २०८३, बुधबार

मोटरसाइकल आपसमा ठोकिँदा दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dang-Deukhuriदाङ, २६ असोज । दाङमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोकिँदा दुवै चालकको मृत्युभएको छ ।

घोराही–तुलसीपुर सडक खण्डको सर्रा नजिकै हेमन्तपुरबाट घोराही आउँदै गरेको रा २ प ९९६१ नम्बरको मोटरसाइकल र घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प ९६०८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै चालकको मृत्युभएको हो ।

घोराही आउँदै गरेका घोराही–११ भरतपुर निवासी ४३ वर्षीय पूर्णचन्द्र पौडेल र तुलसीपुरतर्फ जाँदै गरेका घोराही–५ का २५ वर्षीय भूपेन्द्र पुरीको मृत्युभएको दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिनुभयो । रासस