११ कार्तिक २०८३, बुधबार

यी हुन् आदित्यका ठूला भविष्यवाणी, जो सफल भएरै छाडे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Adityaकाठमाडौं, २६ असोज । हाल अमेरिकामा उपचार गराइरहेका गुगल ब्वाई आदित्य दाहालले नेपालका लागि गरेका भविष्यवाणी सफल भएका छन् ।

आदित्य संरक्षण प्रतिष्ठानका अनुसार अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा उपचार गराइरहेका आदित्यले एक वर्ष अगाडि गरेका दुई ठूला भविष्यवाणी नेपाली परिवेशमा ठ्याक्कै मिलेर सत्य सावित भएको हो ।

गत साउनमा आदित्य उपचारका लागि अमेरिका उडेका थिए । एक वर्षअघि उनले सुशील कोइरालापछि केपी ओली प्रधानमन्त्री हुने भविष्यवाणी गरेका थिए । यसैगरी २०७२ सालभित्र नेपालमा नयाँ संविधान आउँछ भनेर गरेको भविष्यवाणी गरेका थिए । जून सफल भइसकेको छ ।

यसैबीच अमेरिकामा उपचाररत आदित्यको रोग पहिचान गर्न डाक्टरहरु अहिलेसम्म सकेका छैनन् । तर, उनको स्वास्थ्यमा थोरै सुधारका लक्षणहरु देखिएको आदित्य संरक्षण प्रतिष्ठानले जनाएको छ ।

आदित्यको स्वास्थ्यमा सुधारका केही लक्षणहरुमा उनी सहाराबिना केहि बेरसम्म बस्न सक्छन् भने अरुको सहारामा तीन–चार पाइला हिँड्न सक्छन् । माथि हात लगेर कान कोट्याउन वा कपाल कन्याउन सक्ने भएको पिता शेषबहादुर दाहाललाई उदृत गर्दै प्रतिष्ठानले जानकारी दिएको छ ।