३० आश्विन २०८३, शुक्रबार

सुशीललाई कांग्रेसकै सभासदले भोट हालेनन्, भोट नहाल्नेमा को-को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirlaकाठमाडौँ, २४ असोज ।प्रधानमन्त्रीको निर्वाचनका लागि आज भएको मतदानको समयमा व्यवस्थापिका–संसद् बैठकमा अनुपस्थित तीन जना सांसदले मतदान गरेनन् ।

सभामुख सुवास नेम्वाङले निर्वाचन प्रयोजनका लागि पाँच मिनेटको जनाउ घन्टी दिएर मतदान स्थलमा उपस्थित हुन समय दिएपनि त्यसलाई गुजार्दै नेपाली काँग्रेसका सांसदहरु प्रदीप गिरी, बद्री पाण्डे र जीवन परियारले मतदान नगरेका हुन् ।

उनीहरुले कांग्रेसको निर्णय विपरित सभापति सुशील कोइराला प्रधानमन्त्रीमा उम्मेदवार बनेको भन्दै असन्तुष्टि जनाउँदै समय भन्दा ढिलो आएर भोट नहालेका हुन् । उनीहरुले समय ढिला भएकाले भोट हाल्न नसकेको प्रतिक्रिया दिएका छन् ।

संसद्मा रहेका कुल ५९८ जना सांसदमध्ये मतदान प्रक्रियामा ५८७ जना सामेल हुनुभएको थियो । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३३८ मत प्राप्त गर्नुभएको प्राप्त गर्नुभयो भने नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गर्नुभयो । कुल ८९ मतको फरकमा ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि असोज २५ गते अपराह्न ३ बजे बस्नेछ । रासस