३० आश्विन २०८३, शुक्रबार

सुष्माको ‘छोटो मिनीस्कट’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushmaकाठमाडौं । नायिका एवं मोडेल सुश्मा अधिकारीको ‘छोटो मिनीस्कट’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नायिका सुश्मा र दुर्गेश थापाको नृत्य रहेको ‘छोटो मिनीस्कट’ म्यूजिक भिडियो युट्युवमा पनि सार्वजजनिक गरिएको छ ।
यस गीतमा संगीत शब्द बसन्त थापाको रहेको छ, भने स्वर गायक/नायक दुर्गेशको रहेको छ । र्‍यापमा बादल थापाले साथ दिएका छन् । क्रान्ति केसीले निर्देशन गरेको गीत राजेन्द्र भट्टले लेखेका हुन । अर्जुन तिवारीले क्यामेरामा दृश्य कैद गरेका हुन् ।

युवा पिढीलाई लक्षित गरी बनाइएको म्यूजिक भिडियोमा गीतको बोलझै सुश्माले मिनिस्कटमा नृत्य गरेकी छिन । सुश्माले यसअघि थुप्रै म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन्, भने अनौठो प्रेम कथा, पिपल, दिवाना २ र खुर्पा फिल्ममा नायिकाको रोल खेलिसकेकी छिन ।

sushma (2)

हेर्नुस् भिडियो :

https://www.youtube.com/watch?v=YyWwG6N5hn0