२२ कार्तिक २०८३, आइतबार

ओली र कोइरालामा अन्यौल, राप्रपा चन्द समूहले सनाखत गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokendra-Chandaकाठमाडौं, २४ असोज । निर्वाचन आयोगले लोकेन्द्रबहादुर चन्द नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई सनाखतका लागि बोलाएको छ ।

आयोगले पत्र पठाइ चन्द नेतृत्वका राप्रपालाई सनाखतका लागि आज बोलाएको हो ।

राप्रपाका केन्द्रीय पदाधिकारी र सदस्यहरू बिहान दश बजे निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर सनाखत गर्ने सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । ‘अध्यक्ष लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपालाई निर्वाचन आयोगले आज सनाखतका लागि बोलाएको छ’, उहाँले भन्नुभयो, ‘सनाखत सक्किएपछि हाम्रा पार्टीका सांसदहरू संसदमा पुगेर मतदान गर्नु हुन्छ ।’

बहुमत केन्द्रीय सदस्यको निर्णयबाट चन्द अध्यक्ष बनेपछि आधिकारिकताको विवाद निर्वाचन आयोगमा पुगेको थियो । चन्द समूहले सनाखतका क्रममा बहुमत ६० जना केन्द्रीय पदाधिकारी र सदस्य उपस्थित गराउने गिरीले बताउनुभयो । उहाँले आयोगले आजै अध्यक्ष चन्द नेतृत्वको राप्रपालाई आधिकारिकता दिन सक्ने दाबी पनि गर्नुभएको छ ।

तपाईको पार्टीका सांसदले कसलाई मतदान गर्नु हुन्छ ? भन्ने जिज्ञासामा सहप्रवक्ता गिरीले आफूहरू खुला रहेको भन्दै केही समयपछि बस्ने शीर्ष नेताहरूले निर्णय गर्ने बताउनुभयो । पार्टीका शीर्ष नेतृत्वको निर्णयअनुसार प्रधानमन्त्री उम्मेदवार केपी ओली वा सुशील कोइरालाई समर्थन गर्ने बताउनुभयो ।

यसैबीच राप्रपाका साठी जना केन्द्रीय पदाधिकारी र सदस्यहरू एक साथ दश बजे आयोगमा पुगेर सानाखत गर्ने तयारीका साथ बिहानै जम्मा भएर बसेका छन् । उनीहरूले सुरुवातदेखिनै चन्दलाई समर्थन गर्दै आएका छन् ।