२२ कार्तिक २०८३, आइतबार

मधेसी मोर्चाले दश बजे निर्णय गर्ने, कोइरालातर्फ झुकाव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi-Morcha-Ka-Neta-Jiकाठमाडौं, २४ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री निर्वाचनमा कसलाई समर्थन गर्ने भनेर निर्णय गर्न बैठक बस्दैछ ।

काठमाडौंमा दश बजे बस्ने मोर्चाको बैठकपछि कसलाई समर्थन गर्ने निर्णय हुने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताउनुभयो ।

उहाँले मोर्चाको निर्णयअघि कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा केही बताउन नसकिने उल्लेख गर्नुभयो ।

कांग्रेसले आफूहरूका माग सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव लगेकाले अलि झुकाब त्यता हुन सक्ने सहअध्यक्ष कर्णले संकेत गर्नुभयो ।

आज हुने प्रधानमन्त्री निर्वाचनमा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति सुशील कोइराला मैदानमा छन् । उनीहरूले आफूले प्रधानमन्त्रीमा जित्ने भनेर दाबी गरिरहेका छन् ।