काठमाडौं, २३ असोज । बहुमतीय प्रक्रियामा गठन हुन लागेको नयाँ सरकारको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरेको राप्रपा नेपालले महत्वपूर्ण मन्त्रालय पाउने भएको छ ।
एमाले स्रोतका अनुसार सम्भावित ओली नेतृत्वमा हुने आगामी सरकारका लागि राप्रपा नेपाललाई उपप्रधानमन्त्री र परारष्ट्रसहित तीन मन्त्रालय दिने सहमति भइसकेको छ ।
अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपा नेपाल सरकारमा सहभागी हुने र तीन महत्वपूर्ण मन्त्रालय एमाले नेतृत्वको सरकारले दिने सहमति भइसकेको एमाले स्रोतको दाबी छ । जसअनुसार राप्रपा नेपाललाई उपप्रधानमन्त्री र परराष्ट्रसहित तीन मन्त्रालय दिने सहमति हिजो नै भएको थियो । अब कमल थापा उपप्रधानसहित परराष्ट्र मन्त्री बन्ने पक्का भएको छ ।















प्रतिक्रिया