काठमाडौँ, २३ असोज । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसमक्ष आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर प्रधानमन्त्री कोइरालाले आज राजीनामा दिनुभएको हो । प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले राष्ट्रपति डा यादवसमक्ष राजीनामा दिनुभएको जानकारी दिनुभयो ।
सो अवसरमा राष्ट्रपति डा यादव र प्रधानमन्त्री कोइरालाबीच मुलुकको समसामयिक राजनीतिक विषयमा कुराकानीसमेत भएको बुझिएको छ । सो अवसरमा राष्ट्रपति यादवले कोइराला र मन्त्रिपरिषदका सदस्यहरुलाई धन्यावाद ज्ञापन गर्नुभएको थियो । रासस















प्रतिक्रिया