११ कार्तिक २०८३, बुधबार

नाका अवरोध नहटाए सशक्त प्रतिकार थाल्ने साना दलको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chureकाठमाडौं, २२ असोज । भारतले लगाएको नाकाबन्दी हटाउन नेपाल-भारत सरकारबाट पहल नभए प्रतिकार गर्ने चेतावनी साना दलका नेताहरुले दिएका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै चुरेभावर लोकतान्त्रिक पार्टीले तत्काल नेपाल सरकार र भारत सरकारबीच वार्ता गरी वर्तमान जारी रहेको नाकाबन्दी खुलाएर सहज वातावण नबनाइए हाल बन्द रहेका नाकाहरूको अवरोध हटाउन प्रतिकार गर्ने चेतावनी दिएको छ ।

चुरेभावरका अध्यक्ष भूमिराज निरौलाले भारतीय नाकाबन्दीका कारण केही दिनदेखि देश अत्यन्तै सङ्कटमा परेको भन्दै तत्काल नाकाको अवरोध हटाउन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभएको छ- हामी चुनौती दिन चाहन्छौ कि तत्काल नेपाल सरकार र भारत सरकारबीच वार्ता गरी वर्तमान जारी रहेको नाकाबन्दी खुलाएर सहज वातावण बनाइएन भने हाल बन्द रहेका नाकाहरूको अवरोध हटाउन चुरेभावर लोकतान्त्रिक पार्टी अन्य दल तथा देशभक्त नागरिक समाजसँग समन्वय गरी अग्रसर हुनेछ । त्यसक्रममा जस्तोसुकै मूल्य चुकाउन पनि पार्टी तयार रहेको छ ।’

अध्यक्ष निरौलाले भूपरिवेष्ठत राष्ट्रले पाउनुपर्ने अधिकारस्वरूप हाल भारतले लगाएको नाकाबन्दीविरुद्ध आफ्नो पार्टीले गर्ने आन्दोलनबाट हुने परिणामको जिम्मेवार स्वयं सरोकारवाला पक्ष नै हुनुपर्ने चेतावनी समेत दिनुभएको छ ।

यसैगरी चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले पनि नाका अवरोध हटाउन मधेसमा उत्रिने चेतावनी दिएको छ । नेपालका अध्यक्ष बुद्धि न्यौपानेले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले सामाजिक सदभाव विथोलिएकाले त्यसविरुद्ध चुरेभावर उत्रिने बताए ।

यस्तै अन्य साना दल राष्ट्रिउ जनमोर्चा, नेकपा मालेले पनि नाका अवरोध हटाउन मिलेर समाधान खोज्ने चेतावनी दिएका छन् ।

यस्तो छ चुरे भावर लोकतान्त्रिक पार्टीको चेतावनीः
प्रेस विज्ञप्ति
आदरणीय जनसमुदायहरू !
भारतीय नाकाबन्दीका कारण केही दिनदेखि हाम्रो देश अत्यन्तै सङ्कटमा परेको कुरा हामी सबैमा विदितै छ । नेपालको सङ्घीय लोकतान्त्रिक संविधान जारी भएपछि नेपालका केही भारतपरस्त मधेसी दलहरूले संविधानप्रति असहमति जनाउँदै गरेको आन्दोलनलाई भारतले पूर्ण समर्थन मात्र होइन, आर्थिक, भौतिक र जनसहयोगसमेत गरेको कुरा प्रष्ट नै छ । यसले गर्दा स्वतन्त्र नेपालको सार्वभौमसत्ता र स्वाधीनतामाथि गम्भीर खतरा उत्पन्न भएको हामीले महसुस गरेका छौँ । आफ्ना सीमित स्वार्थका लागि केही व्यक्तिको बहकाउमा परेर स्वतन्त्र र स्वाधीन भूपररिवेष्ठित देश नेपालप्रति असल छिमेकी भनिँदै आएको देश भारतले गरेको यो हेपाहा प्रवृत्तिलाई आमनेपालीले सहन सक्दैनन् । भारतको यो रवैयाले नचाहँदा–नचाहँदै पनि आमनेपाली जनता भारतप्रति आक्रोश व्यक्त गर्न बाध्य भएका छन् ।

bhumiraj-niraula-1भारतले स्वतन्त्र र सार्वभौम राष्ट्र नेपालप्रति गरेको यस्तो व्यवहारप्रति नेपाल सरकार नेपाली स्वाभिमानको रक्षा गर्न अडिक रहन हामी सरकारसँग जोडदार माग गर्दछौँ । भर्खरै मात्र जारी भएको संविधान कार्यान्वयनमै नगई संशोधनको प्रक्रियामा जानु दुःखद कुरा भएको हाम्रो पार्टीको ठहर छ । भारतले नाकाबन्दी ग¥यो भन्दैमा नेपाली जनता भोकै बस्न सक्दैनन् । जनतालाई दैनिक उपभोग्य वस्तु दाल, चामल, मट्टितेल, ग्याँस, डिजेल, पेट्रोल लगायतका सामान सहज उपलब्ध गराउनु नेपाल सरकारको दायित्वभित्र पर्दछ । तर वर्तमान सरकार जनताका यी अत्यावश्यक समस्यासमेत समाधान गर्न असमर्थ भएको हामीले महसुस गरेका छौँ ।

चुरेभावर लोकतान्त्रिक पार्टी चुनौती दिन चाहन्छ– तत्काल नेपाल सरकार र भारत सरकारबीच वार्ता गरी वर्तमान जारी रहेको नाकाबन्दी खुलाएर सहज वातावण बनाइएन भने हाल बन्द रहेका नाकाहरूको अवरोध हटाउन चुरेभावर लोकतान्त्रिक पार्टी अन्य दल तथा देशभक्त नागरिक समाजसँग समन्वय गरी अग्रसर हुनेछ । त्यस क्रममा जस्तोसुकै मूल्य चुकाउन पनि पार्टी तयार रहेको छ । भूपरिवेष्ठत राष्ट्रले पाउनुपर्ने अधिकारस्वरूप हाल भारतले लगाएको नाकाबन्दीविरुद्ध हाम्रो पार्टीले गर्ने आन्दोलनबाट हुने परिणामको जिम्मेवार स्वयं सरोकारवाला पक्ष नै हुनुपर्ने चेतावनी दिन चाहन्छ ।

आन्दोलनकारीले भारतको भूमि प्रयोग गरी ढुङ्गा, गुलेली प्रहार गर्नु र भारतीय प्रहरीकै सामु रूपन्देही, भलबारीका कृष्णबहादुर विष्टलाई साङ्घातिक आक्रमण गरी हात नै काटेर अमानवीय व्यवहार हुँदा पनि भारतीय प्रहरी मूकदर्शक भएर बसेको घटनाप्रति चुरेभावर लोकतान्त्रिक पार्टी घोर भत्र्सना गर्दै यस्ता मानवताविरोधी व्यवहारविरुद्ध नेपालीको स्वभावअनुसार आइलाग्नेमाथि जाइलाग्ने धर्म नै भएकाले जातीय सद्भाव कायम राख्दै प्रतिकारमा उत्रन आमदेशभक्त नागरिकलाई अपिल एवं पार्टी पंक्तिलाई निर्देश गर्दछ ।
जय नेपाल, जय भावर !
………………
(भूमिराज निरौला)
अध्यक्ष
चुरेभावर लोकतान्त्रिक पार्टी