११ कार्तिक २०८३, बुधबार

मन्त्रिपरिषद् बैठकः पूर्वमन्त्री खुमबहादुर खड्कालाई २० लाख दिने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khum-Bhadur-Khadka

– विमल योगी

काठमाडौं, २२ असोज । सरकारले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्कालाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री खड्कालाई द्वन्द्वकालमा तत्कालिन विद्रोही माओवादीले घर ध्वस्त पारी ५६ लाख रुपैयाँ बराबरको क्षति पुगेकोमा क्षतिपूर्ति स्वरुप २० लाख दिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

यसअघि नेता खड्कालाई सरकारले उपचार खर्च वाफत १५ लाख दिने निर्णय गरेको थियो । मृगौता रोगबाट ग्रसित खड्का हाल भारतको दिल्लीस्थित एक अस्पतालमा उपचार गरिरहेका छन् । खड्काका दुबै मृगौलाले काम गर्न छाडेको बताइएको छ ।