३० आश्विन २०८३, शुक्रबार

गृह जिल्लामा राजु परियारको नागरिक अभिनन्दन हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raju-pariyar-singerलमजुङ । लोक गायक राजु परियारको गृह जिल्ला लमजुङमा नागरिक अभिनन्दन हुने भएको छ ।

अकला युवा क्लवको आयोजनामा परियारको अभिनन्दन हुन लागेको क्लवका अध्यक्ष सुमन ढकालले जानकारी दिए । झण्डै दश हजार गीत गाएका परियारलाई आफ्नै जिल्लामा गर्न लागिएको यो सवै भन्दा ठूलो सम्मान हो ।

स्थानीय नौमति बाजागाजासहित परियारको अभिनन्दन हुन लागेको हो । जिल्लमा क्रियाशील राजनीीतक दल, स्थानीय प्रशासनका प्रमुखहरुले उनको अभिनन्दन गर्ने छन् ।

सोही अवसरमा चक्रतिर्थ स्मारिकाको बिमोचन हुने भएको छ । स्थानीय कलाकार रमेश कडरिया, सोमबावु परियार, बिष्णु परियारलाई पनि सम्मान गरिने कार्यक्रम तय भएको छ । दशैको फूलपातिको दिन कार्यक्रम रहेको अध्यक्ष ढकालले बताए ।