११ कार्तिक २०८३, बुधबार

मधेसी मोर्चाले पारिजात अस्पतालको एम्बुलेन्स नियन्त्रणमा लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ambulanceगौशाला, २१ असोज । महोत्तरीको बर्दिबासस्थित पारिजात अस्पतालको एम्बुलेन्स संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यकर्ताले आज नियन्त्रणमा लिएका छन् ।

जिल्लाको सम्सी नाकाबाट बिरामी पु¥याई आज बिहान ११ बजे सो एम्बुलेन्स बर्दिबास फर्किरहेको थियो । नम्बर नखुलेको सो एम्बुलेन्सबाट बर्दिबासका लागि खाद्यान्न सामग्री ढुवानी गरिएको भन्दै मोर्चाका कार्यकर्ताले गौशाला नगरपालिका–८ स्थित निगौल चौकमा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

निगौल चौकमा धर्नामा बसिरहेका मोर्चाका कार्यकर्ताले सम्सीतिरबाट आएको सो एम्बुलेन्समा आलु र प्याजका बोरा भेटाएपछि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो ।

मोर्चाका कार्यकर्ताहरुद्वारा नियन्त्रणमा लिइएको सो एम्बुलेन्सलाई छाडिदिन प्रहरीले मोर्चाका नेताहरुसँग आग्रह गरेका छन् । रासस