११ कार्तिक २०८३, बुधबार

तेलमा कालोबजारी गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oilचितवन, २० असोज । चितवनमा तेलमा कालोबजारी गर्ने एकजना पक्राउ परेका छन् ।

चितवन माडी नगरपालिका–५ बस्ने ४३ वर्षीय खुमप्रसाद भट्टराईलाई कालोबजारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

चितवनका प्रहरी प्रवक्ता राजन अधिकारीले आज दिनुभएको जानकारीअनुसार अवैध रुपमा जर्किन र ड्रममा पेट्रोलियम पदार्थ ल्याउने र चर्काे मूल्यमा बेच्ने गरेको पाइएकाले भट्टराईलाई पक्राउ गरिएको हो ।

उनीबाट १६० लिटर पेट्रोल र १४० लिटर डिजेलसमेत बरामद गरिएको छ । ना२च ६४४६ नम्बरको आफ्नै गाडीको प्रयोग गरी भरतपुरको दूरसञ्चार रोडमा राखी प्रतिलिटर २०० देखि २५० सम्म लिएर बेचेको पाइएपछि हिजो उनलाई पक्राउ गरिएको अधिकारीले जानकारी दिनुभयो ।

उनलाई अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको र कालोबजारी मुद्दाअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ ।

यसअघि पनि पूर्वी चितवनमा एक र भरतपुरका दुईजनालाई प्रहरीले कालोबजारी गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइसकेको छ । रासस