११ कार्तिक २०८३, बुधबार

झापामा युवकको घाँटी रेटेर हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २० असोज । धारिलो हतियार प्रयोग गरी झापाको कनकाई नगरपालिकामा आज बिहान एक जनाको हत्या भएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित विरिङ पुलमा घाँटी रेटेर शनिअर्जुन नगरपालिका–८ निवासी २४ वर्षीय जितबहादुर विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले बताउनुभयो ।

हत्या कसले र किन गर्‍यो भने खुल्ल नसकेको र हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस