११ कार्तिक २०८३, बुधबार

अन्तर्राष्ट्रिय समुदायको बीचमा गृहमन्त्री गौतमले भने- भारतलाई सम्झाईदिनुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamकाठमाडौं, १९ असोज । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले भारतले नेपालविरुद्ध १३ दिनदेखि नाकाबन्दी गरेर दुःख दिएको बताउनुभएको छ ।

राजधानीमा नेपाल प्रहरीले आयोजना गरेको मानव बेचविखन रोकथाम सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विदेशी प्रतिनिधिहरुका बीचमा बोल्दै मंगलबार गृहमन्त्री गौतमले भूपरिवेष्ठित मुलुकले पाउने अन्तर्राष्ट्रिय पारवहन सुविधा उल्लंघन गर्दै भारतले लगाएको नाकाबन्दीबारे जानकारी लिएर आफ्नो देशलाई बताउन आग्रह गर्नुभयो । साथै उहाँले भारतलाई सम्झाई दिन पनि आग्रह गर्नुभयो ।

निर्वाचित जनप्रतिनिधिको ९० प्रतिशत प्रतिनिधिले जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै छिमेकीले लगाएको नाकाबन्दीले नेपालीको दैनिक जनजीवन कष्टकर बन्दै गएको कुरा गौतमले विदेशीसामू बताउनुभयो ।