महेन्द्रनगर, १९ असोज । कञ्चनपुरको कृष्णपुरमा मानवअधिकार निगरानी समूहको पुर्नगठन भएको छ ।
इन्सेक क्षेत्रीय कार्यालय धनगढी र मानवअधिकार निगरानी समुह कञ्चनपुरको आयोजनामा सोमबार कृष्णपुर गाविसमा मानवअधिकार निगरानी समूह पुर्नगठन भएको हो ।
मानव अधिकार निगरानी समुह कञ्चनपुरका सचीव कोमलनिरन्जन भाटको अध्यक्षतामा सम्पन्न भएको भेलाले समाजसेवी मदनराज भट्टको संयोजकत्वमा १३ सदस्यीय मानवअधिकार निगरानी समूह पुर्नगठन गरेको छ ।
पुर्नगठन कार्यक्रममा निर्वतमान मानवअधिकार निगरानी समुहका पदाधिकारीहरुले कार्यक्रमको एक वर्षको समीक्षा गर्दै विगतबाट सिकेका कुराहरूलाई आगामी दिनमा कार्ययोजना बनाई कार्यान्वयनको लागि सम्बन्धित निकायमा पहल गर्ने बताए ।
मानव अधिकार निगरानी समुह कञ्चनपुरका सचिव कोमलनिरन्जन भाटले सहजीकरण गर्दे शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा स्थानीयलाई सचेत पार्दै सेवा प्रदायक निकायलाई जिम्मेवार बनाउन गाविस स्तरीय मानवअधिकार निगरानी समूह गठन हुनु महत्वपुर्ण रहेको बताए । मानवअधिकार निगरानी समुहकाका संयोजक मदनराज भट्टले यस गाविसका आम नागरिकहरुको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको संरक्षणका लागी काम गर्ने वताए ।
कार्यक्रमका प्रमुख अतिथी गाविस सचिव प्रेमवहादुर विष्टले नवगठित मानवअधिकार निगरानी समुहका पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।















प्रतिक्रिया