१० कार्तिक २०८३, मंगलबार

गुल्मीमा एकै दिन तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi-district– अनिल खत्री
गुल्मी, १९ असोज । गुल्मीका विभिन्न गाविसमा तीन जनाको मृत्यु भएको हो ।

एक जनाको लडेर मृत्यु भएको हो भने अन्य दुईजनाको शंकास्पद अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्लाका इश्मादोहोली, रेसुङगा नगरपालिका र जुनिया गाविसमा एक/एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक रबिन्द्र रेग्मीका अनुसार रेसुङगा नगरपालिका तम्घासको भगवतीमन्दिर माथि बुढीचौर जाने उकालाकोमा नाम खुल्न नसकेका अन्दाजी ६० बर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको छ ।

तम्घासमा जोगी भनेर चिनिने र सडक मजदुरी गर्ने उनी मृत फेला परेका हुन् । त्यस्तै जुनियाँ गाविस–८ चिदिपानीका ४४ बर्षिय सोमबहादुर खत्रीको शव पनि मंगलबार बिहानै उनको घर नजिकै फेला परेको छ । दोहोली –४ कुखुरीका चिहाननिवासी ३८ बर्षिय केशव खड्काको भने भिरबाट लडेर सोमबार राति मृत्यु भएको हो । खड्को सोमबार दिउँसो घर नजिकैको ओरालोमा लडेका थिए ।

लडेर टाउकोमाचोट लागेपछि बनगाउँ स्थित स्वास्थ्य चौकी माउपचार गर्न लगिएको थियो । त्यहाँनिको हुननसकेपछि तम्घासमा उपचारकालागिल्याउँदै गर्दा बाटोमा मृत्यु भएको स्थानीयले बताएका छन् । उनी सोमबार विहान घरबाट पानी लगाउन निस्किएका थिए ।

घाइते अवस्थामा घर ल्याइएका उनले श्रीमती होमकलासँग आफू लडेको बताएका थिए । अरु दुई जनाको मृत्युको कारण खुलेको छैन् । उनीहरुको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।