१० कार्तिक २०८३, मंगलबार

संविधान संशोधन गर्न बाबुरामको यस्तो प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai (1)दाङ, १९ असोज । एमाओवादी छाडेर देश दौडाहमा रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान संशोधन गर्न पुरानै प्रस्ताव अघि सारेका छन् ।

मंगलबार थारु समुदायको मागमा ऐक्यबद्धता जनाउँदै उनीहरु सम्बोधन गर्न दाङ पुगेको बाबुरामले थारु र मधेसीको माग पुरा गर्न तत्काल संविधान संशोधन हुनुपर्ने बताए ।

उनले आफ्नो पुरानो प्रस्तावमा पहिचानको पाँच र सामाथ्र्यको चार आधार सबैले स्वीकार गरेकोले हिजोको प्रतिबद्धता संविधान सभाको निर्णय कार्यान्वयन गरिनुपर्ने बताए । उनको यो प्रस्ताव अनुसार नेपाल संघीयतामा जान ९ वटा प्रदेश निर्माण गरिनुपर्दछ ।