
रौतहट, १९ असोज । रौतहटमा एक व्यक्तिको शव फेला परेको छ ।
हराई सम्पर्क विहीन भएका लौकाहा–६ बस्ने २० बर्षीय शम्भु साह कलवारको शव बोराभित्र राखेर गाडेको अवस्थामा फेला परेको छ ।
शनिबार विआर ०५ एन २१८२ नम्वरको मोटरसाइकल सहित सम्पर्क बिहिन भएका कलवारले प्रयोग गरेको मोटरसाइकल र टिर्सट अजगैरी–४ मा वेवारिसे अवस्थामा सोमबार फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा देवाधी–८ स्थित सिसौ घारीमा बोरा भित्र शव राखी गाडेको अवस्थामा फेला परेको थियो ।
यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया