१० कार्तिक २०८३, मंगलबार

भागबन्डा नमिल्दा विद्यालय बन्द

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_School_Childrenगोरखा, १९ असोज । विद्यालय ब्यबस्थापन समिति गठन गर्दा भाडबन्डा नमिलेपछि गोरखाको मसेल गाबिस–५ को बिन्द्रावती उमाबि अनिश्चितकालका लागि बन्द भएको छ ।

समितिमा अध्यक्ष नेपाली काँग्रेसको, दुई सदस्य एमाओबादी र एक सदस्य नेकपा एमालेको रहने सहमति भएको थियो । भागबन्डामा सहमति जनाए पनि काँग्रेसले सदस्य रहने ब्यक्तिमा असहमति जनाएपछि बिवाद भएको हो ।

गत आइतबारदेखि विद्यालयमा पठनपाठन सुचारु गर्न नसकिएको प्राचार्य उत्तरकुमार श्रेष्ठले बताउनुभयो । काँग्रेसले अध्यक्षमा शिवकुमार श्रेष्ठलाई प्रस्ताव गरेको थियो । शान्ता बोगटी र विकास श्रेष्ठ एमाओवादीबाट सदस्य र एमालेबाट दण्डबहादुर श्रेष्ठलाई सदस्य प्रस्ताव गरिएको थियो ।

‘भागबन्डामा कुरो नमिलेपछि विद्यालय बन्द छ’ प्राचार्य श्रेष्ठले भन्नुभयो, ‘अभिभावक भेला गरेर कसरी विद्यालय सुचारु गर्नेबारे छलफल गर्ने तयारीमा छौँ ।’ गत चैत्रमा समितिको म्याद सकिएपछि अहिले गठन गर्ने प्रक्रिया सुरु भएपनि विवाद भएको हो । व्यवस्थापन समिति नहुँदा विद्यालयका दुई जना शिक्षकको नियुक्ति भएको छैन ।

पढाउने शिक्षकको माग गर्दै विद्यार्थीले अनिश्चितकालका लागि विद्यालय बन्द गरेका हुन् । शैक्षिकसत्र सुरु भएदेखि नै शिक्षा र ब्यबस्थापन संकायको पढाइ नभएको भन्दै तत्काल शिक्षक राख्नुपर्ने माग गर्दै विद्यार्थीले विद्यालयमा ताला लगाएका हुन् ।

विद्यार्थीले राजनीतिक दलबिरुद्ध नाराबाजी गरेका छन् । शैक्षिक क्षेत्रमा अनावश्यक राजनीति हावी भएपछि पठनपाठनमा समस्या भएकाले विद्यालय बन्द गर्नुपरेको विद्यार्थी लक्षु बगालेले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालयले विद्यालयमा देखिएको समस्याबारे जानकारी लिएर छिट्टै समस्या समाधान गरी विद्यालय सुचारु गराउने जनाएको छ । उक्त विद्यालयमा बर्षेनी राजनीतिक कारणले गर्दा पठनपाठनमा समस्या हुँदै आएको छ ।

ब्यवस्थापन समिति नहुँदा शिक्षक नियुक्ति प्रक्रिया रोकिएपछि विद्यालयको उच्च माध्यामिक तहको पठनपाठन अबरुद्ध भएको हो ।

विद्यालयको ११ र १२ कक्षामा ५० जना विद्यार्थी अध्ययनरत छन् । रासस