काठमाडौं, १९ असोज । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज वार्ता भएको छ ।
सिंहदरबारमा जारी वार्तामा मधेसी मोर्चाले अघि सारेका मागका विषयमा छलफल हुनेछ । मधेसी मोर्चाले वार्ताका लागि विभिन्न माग पेस गर्ने सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभएको छ ।
मधेसी मोर्चाले संघीय प्रदेशको सिमाङ्कन, समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता, भाषा, न्यायालयको पहुँचलगायतका मागलाई वार्तामा राख्ने जनाएको छ ।
मोर्चाले सरकार र तीन दलसँग वार्ता गर्न आइतबार चार सदस्यीय वार्ता टोली गठन गरेको थियो । संविधानको विषयलाई लिएर मोर्चाले विगत ५१ दिनदेखि तराईमा आन्दोलन गर्दै आएको छ ।















प्रतिक्रिया