१० कार्तिक २०८३, मंगलबार

अवैध मदिरा बेचबिखन नियन्त्रण कार्यक्रमलाई निरन्तरता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raksi Bhattiदाङ, १९ असोज । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरले अवैध मदिरा उत्पादन, बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने तथा जुवातासको विरुद्धमा सुरु गरेको सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सोही क्रममा केन्द्रले सोमबार नयाँ बसपार्कको सङ्गीत टोल विकास संस्था र तुलसीपुर नगरपालिका–४ को राजपुरमा पुगेर नागरिकसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

अन्तक्र्रिया कार्यक्रममा सर्वसाधारण नागरिकले आफ्नो टोलमा उत्पादन हुने गरेको अवैध मदिरा अर्थात् घरपालुवा मदिराका कारण निकै पीडित हुने गरेको दुखेसो पोखेका थिए ।

चाडपर्वको समयमात्र होइन यहाँ त दैनिकजसो मदिरा उत्पादन हुने गर्छ यसले टोलवासी निकै पीडित छौँ भन्दै सहभागीहरुले टोलमा हुने विकृतिलाई सुधार गर्न आफूहरु एक भएर लाग्ने र सुरक्षाको व्यवस्था मिलाउन सरोकारवाला निकायलाई अनुरोधसमेत गरेका छन् ।

प्रमुख अथिति इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख धनबहादुर केसीले समाजमा विकृति ल्याउने कार्य तथा शान्ति सुरक्षामा खलल पुग्नेखाले कार्य कसैले पनि गर्न नहुने, यदि त्यसो गरिएको पाएमा कानुन बमोजिम कारबाही हुने बताउनुभयो ।

सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक राजु शाहले विकृतिजन्य कार्य गर्ने, आपराधिक गतिविधिमा संलग्नहरुको विरुद्धमा प्रहरी कडा रुपमा परिचालन भएको र सूचना दिन आमनागरिकलाई अनुरोध गर्नुभयो ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत वासुदेव नेपाल र सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष नारायणी रजौरेले समाजमा हुने गरेका विकृतिका विरुद्ध आमनागरिक एक भएर लाग्नुपर्ने बताउनुभयो । रासस