१० कार्तिक २०८३, मंगलबार

बन्द भएका स्थानीय दैनिक पत्रिका प्रकाशन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १९ असोज । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण कागज अभावमा बन्द गरिएका स्थानीय दैनिक पत्रिकाले प्रकाशन सुरु गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टका अनुसार भारतको अघोषित नाकाबन्दी हटेपछि स्थानीय उद्घोष, न्यू सृष्टि दैनिकले आजदेखि प्रकाशन प्रारम्भ गरेका हुन् । अध्यक्ष विष्टले भन्नुभयो, “अब विस्तारै विस्तारै सबै स्थानीय पत्रिका प्रकाशन हुने छन् ।

विराटनगरमा उद्घोष, उज्यालो, जनविद्रोह, दर्शन, विराटपथ र न्यू सृष्टि दैनिक प्रकाशन हुँदै आएका छन् ।

लामो आमहडतालका कारण पत्रिका प्रकाशन गर्न चाहिने कागजका साथै विज्ञापनको अभाव र आर्थिक सङ्कटले पत्रिका बन्द गर्नुपरेको स्थानीय पत्रपत्रिकाका सम्पादकले बताएका छन् ।