२१ कार्तिक २०८३, शनिबार

‘सुशील कोइराला हुँदै नहुने, सहमति भए देउवा आउने’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Neta-Deuna,-Sushilकाठमाडौं, १९ असोज । नेपाली कांग्रेसले फेरि पनि सरकारको नेतृत्व गर्ने चर्चा चलिरहेको छ । चर्चासँग कांग्रेसको आलोचना पनि बढेको छ । तर कांग्रेसभित्रै सहमतिको सरकारमा दाबी छाड्न नहुने समूहको आवाज पनि दरिलो रुपमा आएको छ ।

यद्यपि, कांग्रेसका केही प्रभावशाली नेताहरुले राजनीतिमा बेइमानी गर्न नहुनेभन्दै एमालेलाई गुन तिर्नुपर्ने बताइरहेका छन् । उनीहरुले कांग्रेसको नेतृत्वमा सरकार बन्दाको एमालेको सहयोग भुल्न नहुने बताएका हुन् ।

कांग्रेसमा आफूलाई संस्थापन ठान्ने एउटा समूह सभापति समेत रहनुभएका प्रधानमन्त्री सुशील कोइरालालाई निरन्तरता दिन चाहन्छ । यो सुइको पाएको वरिठ नेता शेरबहादुर देउवा समूहले विरोध थालिसकेको छ ।

देउवा समूह पनि सहमतीय सरकार कांग्रेसकै नेतृत्वमा बनोस् भन्ने चाहन्छ । तर देउवा समूहको सर्त छ । कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएमा कोइरालाले मार्गप्रसस्त गर्नुपर्ने देउवा समूहको अडान छ ।

वरिष्ठ नेता देउवा निकट मानिने कांग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने भएमा कोइरालाले निरन्तरता नपाउने बताउनुहुन्छ ।

‘कांग्रेसले सरकारको दाबी गर्नुपर्छ । यदि सरकारको नेतृत्व पाएमा सुशील कोइरालाले मार्गप्रसस्त गर्नुपर्छ’, डा.महतले दैनिक नेपालसँग आज (मंगलबार) बिहान भन्नुभयो, ‘कांग्रेसको नेतृत्वमा सरकार बन्न नसके अधिकतम सहमतिका आधारमा एमालेलाई सहयोग गर्न सकिन्छ ।’

डा.महतले सरकारको नेतृत्वका विषयमा अनेकौ विकल्प रहेको भन्दै छलफलका क्रममा अधिकतम सहमति गरेर शक्तिबाँडफाँट गरी जानुपर्ने बताउनुभयो । उहाँले अहिले पनि मुलुक संक्रमणकालीन अवस्थामा रहेको भन्दै दलहरुकाबीच अधिकतम सहमति आवश्यक रहेको बताउनुभयो ।

सरकारको नेतृत्वको टुङ्गो लागेपछि प्याकेजमा सबै विषय मिलाउनु पर्ने नेता डा.महतको भनाइ छ । उहाँले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखका विषयमा पनि कुरा गर्दै जानुपर्ने उल्लेख गर्नुभयो ।