२१ कार्तिक २०८३, शनिबार

सरकार र मधेसी मोर्चाबीच आज वार्ता, ३५ बुँदे माग पेश गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi Morchaकाठमाडौं, १९ असोज । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज वार्ता हुने भएको छ ।

सिंहदरबारमा हुने वार्तामा मधेसी मोर्चाले अघि सारेका मागका विषयमा छलफल हुनेछ । मधेसी मोर्चाले वार्ताका लागि विभिन्न ३५ बुँदे माग पेस गर्ने सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभएको छ ।

मधेसी मोर्चाले संघीय प्रदेशको सिमाङ्कन, समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता, भाषा, न्यायालयको पहुँचलगायतका मागलाई वार्तामा राख्ने जनाएको छ ।

मोर्चाले सरकार र तीन दलसँग वार्ता गर्न आइतबार चार सदस्यीय वार्ता टोली गठन गरेको थियो । संविधानको विषयलाई लिएर मोर्चाले विगत ५१ दिनदेखि तराईमा आन्दोलन गर्दै आएको छ ।